ट्रेन्डिङ

भन्सार कडाइले मधेसका सीमावर्ती जनजीवन प्रभावित, अर्थमन्त्री यादवले गराए सरकारको ध्यानाकर्षण

के-के छन् आग्रह ?

जनकपुरधाम । भारतबाट आयात हुने सामानमा लागू गरिएको हालको भन्सार व्यवस्थाका कारण सीमा क्षेत्रका नागरिकको दैनिकी प्रभावित भएको भन्दै महेशप्रसाद यादवले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार सार्वजनिक वक्तव्यमा उनले सीमामा लागू कडाइपूर्ण नीतिले दैनिक आवतजावतदेखि उपभोग्य वस्तुको ओसारपसारसम्म असर पुर्‍याएको उल्लेख गरेका छन्।

यसले सीमावर्ती क्षेत्रका बासिन्दाको जीवनयापन कठिन बनाउनुका साथै नेपाल–भारतबीच लामो समयदेखि कायम सामाजिक तथा सांस्कृतिक सम्बन्धमा समेत प्रभाव पारेको उनको भनाइ छ।

‘यी व्यवस्थाले आर्थिक गतिविधिमात्र होइन, दुई देशबीचको परम्परागत ‘बेटी–रोटी’ सम्बन्धमै असहजता ल्याएको छ,’ वक्तव्यमा उल्लेख गरिएको छ।

उनले वर्तमान अवस्थाको यथार्थ अध्ययन गरी नागरिकमैत्री र व्यवहारिक नीति अवलम्बन गर्न नेपाल सरकारसँग आग्रह गरेका छन्।

यसैबीच, मधेस प्रदेशका विभिन्न स्थानमा भइरहेको सडक तथा फुटपाथ व्यवस्थापनका क्रममा साना तथा निम्न आय भएका व्यवसायी प्रभावित भइरहेको विषयप्रति पनि उनले चिन्ता व्यक्त गरेका छन्।

वैकल्पिक व्यवस्था नगरी चालिएका कदमले साना व्यवसायीको रोजीरोटीमा प्रत्यक्ष असर परेको उनको भनाइ छ।

सडक व्यवस्थापन आवश्यक भए पनि प्रभावित व्यवसायीको पुनःस्थापनाका लागि ठोस योजना ल्याउनुपर्नेमा उनले जोड दिएका छन्। साथै, उनले गृह मन्त्रालय लगायत सम्बन्धित निकायसँग समन्वय, संवाद र दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै