
सप्तरी । सप्तरीमा धान खेतमा एकजनाको शव फेला परेको छ । कञ्चनरुप नगरपालिका वडा नम्बर ९ को रुपनगरमा एक जनाको शव फेला परेको हो ।
एक महिनादेखि हराइरहेका सप्तरीको कञ्चनरुप नगरपालिका ९ रुपनगर विष्णु मन्दिर टोलका ५५ वर्षीय ज्ञानमणि पोखरेलको शव धान खेतमा फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान गन्हाइसकेको अवस्थामा धान खेतमा पोखरेलको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि राजविराजको गजेन्द्र नारायण सिंह अस्पताल पठाएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान सुरु भएको र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र केहि खुल्ने प्रहरीले जानकारी दिएको छ ।
पोखरेल विगत एक महिनादेखि बेपत्ता रहेका जनाइएको छ ।