काठमाण्डौँ । हप्ताको दुई दिन सरकारी अस्पतालमा ओपिडी सेवा ठप्प हुने भएको छ ।
देशभरका सरकारी अस्पतालहरुमा शनिबार र आइतबार ओपिडी सेवा बन्द रहने भएको हो ।
स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेसागत संगठनको चर्को दबाबपछि सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यद्यपि, आकस्मिक तथा अन्तरंग सेवाहरू भने सातै दिन २४ सै घण्टा सञ्चालनमा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते सबै सरकारी कर्मचारीलाई सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।