ट्रेन्डिङ

इजरायल–अमेरिका तथा इरानबिचको द्धन्द्धका कारण २८ जना नेपाली घाइते, सबैभन्दा बढी कुन देशबाट ?

काठमाण्डौँ । इजरायल–अमेरिका तथा इरानबिचको युद्धका कारण २८ जना नेपाली घाइते भएका छन् ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार यूएई, इराक र ओमानमा गरेर हालसम्म २८ जना घाइते भएको र तीमध्ये २७ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले घाईते भएकामध्ये २७ जना सामान्य उपचारपछि कार्यथलोमा फर्किसकेको जानकारी दिए । एक जनाको हातमा चोट लागेकाले उपचारकै क्रममा रहेको प्रवक्ता पौडेलले बताए ।

घाईते हुनेहरुमा सबैभन्दा बढी यूएईबाट छन् । जसअनुसार त्यहाँबाट २५ जना नेपाली नागरिक घाइते मन्त्रालयको विवरण छ । यसैगरी इराकबाट २ तथा १ जना ओमानमा रहेका उनको भनाइ छ ।

ईरानले पश्चिम एसियामा रहेका यूएई, कतार, ओमान, बहराईन लगायतका देशमा रहेका अमेरिकी सैन्य बेस क्याम्पमा ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दै आएको थियो । ड्रोन तथा क्षेप्यास्त्रका अवशेष लागेर ती नेपालीहरू घाइते भएका थिए ।

गत अप्रिल ३ मा यूएईको अबुधावीको अवजान क्षेत्रमा ७ जना घाइते भएका थिए।

ड्रोन आक्रमणमा परी मार्च २ मा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै