बारा । जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गणमा धुमधामका साथ ६९ औँ प्रहरी दिवस मनाईदैछ । अमर प्रहरीको सम्मझनामा श्रद्धाञ्जली अपर्ण तथा बिशेष कार्यक्रमको आयोजना गरि दिवस मनाइँदैछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले नेपाल प्रहरीको योगदानको उच्च प्रसंशा गरे ।
नेपाल प्रहरीले सेवाग्राहीलाई दिने सेवाप्रति असन्तुष्टि व्याप्त रहेको भएपनि अपराध नियन्त्रण गर्न अहोरात्र खटिने संगठन नेपाल प्रहरी नै भएको उनले दाबी गरे । आफ्नो पेशा र पोशाकप्रती गौरव गर्न सम्पूर्ण सकल प्रहरीलाई उनको सुझाव छ ।

कार्यक्रममा बारा प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले आईजीपी बसन्त कुवरले पठाएको शुभकामना सन्देश वाचन गरेका थिए ।
उनले ‘जनताको पहिलो साथी प्रहरी हो’ भन्ने भास्य सिर्जना गर्ने प्रकारले कार्य गर्ने बताए ।

कार्यक्रममा बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले नेपालमा सशस्त्र द्वन्द्ध पश्चात कर्तव्य पालनाको सिलसिलामा सहादत प्राप्त गर्ने अमर प्रहरी, घाईते तथा अंगभंग भएका प्रहरी कर्मचारीहरुको संझनामा यो दिवस बिशेष कार्यक्रमहरु गरी मनाउदै आइरहेको बताए ।
उनले प्राणको आहुती दिने, अमर प्रहरीहरुप्रति श्रद्वान्जली व्यक्त गर्दै घाइते तथा अंगभंग भएका प्रहरी कर्मचारीहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना गरे ।
को–को सम्मानित भए
प्रहरी दिवसको अवसरमा शहिद प्रहरी परिवार तथा सञ्चाकर्मीहरुलाई सम्मानित समेत गरिएको छ । उनीहरुलाई दोसल्ला ओढाएर तथा कदर पत्रले सम्मानित गरिएको हो ।
दिवसको अवसरमा बारा जिल्लामा रहि सञ्चार क्षेत्रमा कलम चलाउँदै आएका सञ्चारकर्मीहरु साजिर मन्सूर, अजय साह र सन्दिप यादवलाई कदर पत्रले सम्मानित गरिएको थियो ।



कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराई, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उपसचिव नाथु साह, जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव, नेपाली सेनाका अधिकृत, सशस्त्र प्रहरी अधिकृत, नेपाल प्रहरी अधिकृतहरु राधेश्याम गिरि, संतोष बहादुर सिंह, दिपक खडका, गङ्गाधर ढकाल, राजिव झा, डा. सुनिल कुश्वाहा, उमेशलाल दास, जङ्गबहादुर यादव, डा. पुनिता केशरी, पुर्व प्रहरी परिवार बबिता जयसवाल लगायतकाको उपस्थिति थियो ।
प्रहरी उपरीक्षक महेन्द्र खड्काको अध्यक्षता एवम् प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य प्रहरी प्रवक्ता प्रकाश सापकोटाले गरेका थिए ।