काठमाडौँ । नयाँ शैक्षिक सत्र बैशाख १५ गतेदेखि सुरु हुने भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको हो ।
सामान्यतया वैशाखको पहिलो सातादेखि शैक्षिक सत्र सुरु हुने गरेकोमा यस पटक केही दिन ढिला गरी नयाँ भर्ना र पठनपाठन सुरु हुने भएको हो ।