ट्रेन्डिङ

सांसद पन्तद्वारा वीरगन्ज प्रिमियर लिगको ट्रफी सार्वजनिक

वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद हरि पन्तले वीरगन्ज प्रिमियर लिग (बीपीएल–३) को ट्रफी सार्वजनिक गरेका छन्।

‘टिम आदर्शनगर’ को आयोजनामा हुन लागेको वीरगञ्ज प्रिमियर लिग को तेस्रो संस्करणअन्तर्गत ट्रफी आइतबार वीरगन्जको माईस्थानस्थित गहवामाई मन्दिर अगाडि एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

सुमित कादमियाको संयोजकत्वमा सञ्चालन हुने प्रतियोगिताले स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै संयोजक सुमित कादमिया ले प्रतियोगिताले वीरगन्जको खेलकुद क्षेत्रमा थप उत्साह ल्याउने विश्वास व्यक्त गरे।

ट्रफी सार्वजनिक कार्यक्रममा प्रतियोगितामा सहभागी टिमका कप्तानहरूको उपस्थिति रहेको थियो।

साथै सुमित चौरसिया, निरज गुप्ता लगायत युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै