ट्रेन्डिङ

रौतहटबाट चोरीको ३ वटा मोटरसाइकलसहित ३ जना पक्राउ

लाखौँका सामान बरामद

रौतहट । चोरीको ३ थान मोटरसाइकल सहित रौतहटबाट ३ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले चोरीको तीनवटै मोटरसाईकल सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

असोज २१ गते गढीमाई नगरपालिका ६ बखरी टोलका उनितेश साहको घरैबाट चोरी भएको थियो ।

उनको प्रदेश ०३–०१९ प २६३१ नम्बरको मोटरसाईकलसहित सोही ठाउँका १९ वर्षका धीरज साहलाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै असोज २२ गते माधोपुर बजारबाट चोरी भएको माधवनारायण नगरपालिका ६ का श्यामबाबु यादवको विआर एक्स ६५५८ नम्बरको मोटरसाईकल सहित एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका १३ का श्याम महतो रहेका प्रहरीले जनाएको छ ।

यसैगरी २६ गते बिहान शुकादेव चौकबाट चोरी भएको यमुनामाई गाउँपालिका २ का अम्बिका यादवको विआर ३० ए एम १६४८ नम्बरको मोटरसाइकल सहित कटहरिया नगरपालिका ९ दुमरिया गाउँका मन्दिप भन्ने मन्दित यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुमाथि चोरी सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साथै प्रहरी टोलीले उनीहरुको साथबाट भन्सार छली ल्याइएका सामानहरु समेत बरामद गरेको बताएको छ ।

भारतीय बजारबाट २ वटा मोटरसाइकलमा राखेर भित्र्याएको २ लाख ११ हजार ५९० रुपैयाँ बराबरका लत्ताकपडा, किराना सामानसमेत बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै