ट्रेन्डिङ

बीरगन्जको मितेरी पुल नजिकबाट खोका बरामद

बीरगन्ज । बीरगन्जको मितेरी पुल नजिकबाट खोका बरामद भएको छ । नेपाल भारत सीमा क्षेत्रस्थितबाट खोका बरामद भएको प्रहरीले जनाएको छ ।

मितेरी पुलको दक्षिणतर्फ मंगलबार दिउँसो भुइमा पड्किएको अवस्थामा बन्दुकको गोली (खोका) फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार गोली कसले र किन चलाएको भन्ने बारे खुलेको छैन ।

घटनास्थलमा प्रहरी टोली पुगेको छ । घटनाबारे आवश्यक छानबिन भइरहेको पर्सा प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै