ट्रेन्डिङ

इरान–इजरायल तनावको प्रभावः कतारले लगायो सार्वजनिक गतिविधिमा अनिश्चितकालीन रोक

काठमाडौं । इरान–इजरायलबीच चुलिँदै गएको तनावको प्रभाव खाडी मुलुक कतार सम्म देखिएको छ।

राजधानी दोहाको आकाशमा दिनभरि शृङ्खलाबद्ध विस्फोटजस्ता आवाजहरू सुनिएपछि कतार सरकारले सुरक्षा सतर्कता उच्च पार्दै सबै सार्वजनिक कार्यक्रमहरूमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ।

सरकारद्वारा जारी सूचनाअनुसार अर्को आदेश नआउँदासम्म देशभर होटल, रिसोर्ट तथा पर्यटकीय स्थलहरूमा आयोजना हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम, भेला, सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिहरू स्थगित गरिएको छ।

विशेषगरी रमजान महिनालाई लक्षित गरी होटल तथा विभिन्न पर्यटकीय गन्तव्यहरूमा सञ्चालन हुँदै आएका रमजान टेन्ट, इफ्तार कार्यक्रम तथा कम्पनी–सरकारी निकायले आयोजना गर्ने सामूहिक जमघटहरू समेत पूर्ण रूपमा बन्द गरिएको छ।

सुरक्षा अवस्थालाई मध्यनजर गर्दै लिइएको यो निर्णय अर्को सूचना जारी नभएसम्म लागू रहने बताइएको छ।

सरकारले सर्वसाधारणलाई अनावश्यक भीडभाड नगर्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै