रौतहट । रौतहटबाट लागु औषधसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा विभिन्न किसिमका लागु औषधसहित एकजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्बर ४ बस्ने २६ वर्षीय मनोज राई रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट बसपार्क, गौरबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उनको साथबाट लागु औषधहरु फेला पारेकोले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले बताए ।
उनका अनुसार मनोजको साथबाट डाईजेपाम ३० एम्पुल, प्रोमेथाजाइन ३० एम्पुल र बुप्रोनाईफाइन ३० एम्पुल गरी जम्मा ९० एम्पुल लागु औषध बरामद भएको हो ।
यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरीरहेको जानकारी दिएको छ ।