ट्रेन्डिङ

पर्साको कालिकामाइ गाउँपालिका अध्यक्ष गुप्ताको बुवा अफिमसहित पक्राउ, एसपी ढुंगेल भन्छन्–घटना शंकास्पद छ, अन्य पाटोबाट अनुसन्धान हुँदैछ

बीरगन्ज । पर्सा प्रहरीले कालिकामाइ गाउपालिका अध्यक्षका बुवालाई लागु औषध अफिमसहित पक्राउ गरेको छ ।

गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताको बुवा सुरेश कलवारलाई शनिबार विहान लागु औषध अफिमसहित पक्राउ गरेको हो । प्रहरीलाइ आएको विशेष सूचना अनुसार उनलाई लागु औषध अफिमसहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

बीरगन्जको आदर्शनगरबाट कलवारलाई करिब ४ ग्राम अफिमसहित पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । अफिमसहित पक्राउ परेका कलवारमाथि प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।

उनले भने, ‘हामी कहाँ सूचना आयो, त्यसपछि हाम्रो टोलीले त्यही सूचना बमोजिम उनलाई नियन्त्रणमा लियो । तर घटना शंकास्पद छ, कलवारले बोकेको हुन वा होइनन् त्यो अझै ‘क्लियर’ हुन सकेको छैन । त्यसकारण हामीलाई आएको सूचना र मोटरसाइकलको सीटमुनि राखिएको अफिमबारे धेरै पाटोबाट अनुसन्धान गरिरहेका छौं ।’

जसकारण अफिम यसैको हो भनेर यकिन साथ भन्न सकिने अवस्था नरहेको प्रहरी स्रोतको भनाइ छ । कलवारको घरको कम्पाउण्डमा राखिएको मोटरसाइकलबाट अफिम बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।
मोटरसाइकलमा अफिम अरु कसैले राखेर फसाएको हुन सक्ने प्रहरी आंकलन रहेको स्रोतको दाबी छ ।

प्रहरी स्रोत भन्छ – त्यसकारण त्यो विश्लेषणसहित सबै पाटोबाट अनुसन्धान चलिरहेको छ, त्यो प्रमाणित भइसकेपछि को दोषी हो वा होइन हामी त्यो सार्वजनिक गर्नेछौं ।

पक्राउ परेका कलवारलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै