Close This

ट्रेन्डिङ

अलौं घटनामा मेयर सिंह ‘ब्याक’, काका गलती भयो भन्दै हात जोडेर मागे माफी

रिले अनशन स्थगित

बीरगन्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले माफी मागेपछि अलौंको रिले अनशन स्थगित भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा भएको छलफलमा मेयर सिंहले गल्ती भएको भन्दै पीडित परिवारसंग माफी मागेपछि रिले अनशन स्थगित भएको हो ।

जिल्ला प्रशासन कार्यालयले अनशनकारी र मेयर सिंहबिच छलफल डाँकेको थियो । उक्त छलफलमा मेयर सिंहले सोमबारको दिन आफूसंग गल्ती भएको भन्दै क्षमा मागेपछि सहमति भएको बैठकमा सहभागी रोशन लामिछानेले बताए ।

उनले भने, ‘सिडिओसाहेबले आज दुइ पक्षलाइ बोलाएर बैठक राख्नु भएको थियो, त्यो बैठकमा हामीले घटनाबारे सबै जानकारी गरायौं । त्यसपछि मेयरसाहेबले आफूसंग गल्ती भएको स्वीकारे । अनि भने–काका तपाइँको आत्म सम्मानमा ठोस पु¥याए, अब आइन्दा यस्तो हुँदैन् ।

हात जोडर क्षमा मागिसकेपछि आन्दोलन स्थगित गरेको उनी बताउँछन् । उनका अनुसार आजैको मितिदेखि रिले अनशन स्थगित भएको छ ।

गएको सोमबार मेयर सिंहसहितका समर्थकले अलौंका ज्येष्ठ नागरिक एवम् कांग्रेस बुथ सभापति शिव ओम लामिछानेमाथि दुव्र्यवहार गरेको थियो ।

गाउँको ज्येष्ठ नागरिकलाई नै दुव्र्यवहार गरेपछि अलौं बासीले मेयर सिंहले माफी माग्नुपर्ने मागसहित रिले अनशन सुरु गरेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै