ट्रेन्डिङ

ठूला दललाइ लक्षित गर्दै उम्मेदवार सर्राफले भने- विकास कहाँ गयो, वीरगन्जले के पायो ?

वीरगन्ज । पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर–२० अपौनी, हारपतगन्जमा घरदैलो, भेटघाट, संवाद तथा कोणसभा गर्दै ठूला दलमाथि कडा प्रहार गरेका छन्।

स्थानीय मतदातासँगको संवादमा सरार्फले मधेस आन्दोलन र जेन्जी आन्दोलनका क्रममा निर्दोष युवाहरूको हत्या गर्ने नेपाली कांग्रेस, एमाले लगायतका दलहरूले वीरगन्ज र पर्सालाई सधैं बेवास्ता गर्दै आएको आरोप लगाए।

उनले ती दलहरूले वीरगन्जलाई विकासको केन्द्र होइन, केवल राजस्व उठाउने मेसिन का रूपमा प्रयोग गर्दै आएको दाबी गरे।

“वीरगन्जले देशलाई राजस्व दिएको छ, तर बदलामा विभेद, उपेक्षा र अन्याय मात्रै पाएको छ,” सरार्फले भने, “अब यो अन्यायको अन्त्य गर्न म मैदानमा उत्रिएको हुँ।”

सरार्फले वीरगन्ज र पर्सामाथि हुँदै आएको राजनीतिक विभेद अन्त्य गर्दै नागरिकलाई न्याय दिलाउन अन्तिमसम्म संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले देश र मधेस दुवैको संकटको निकासका लागि स्पष्ट भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा. सीके राउतसँग मात्रै रहेको दाबी गरे।

आगामी निर्वाचनमा परिवर्तनको पक्षमा उभिन मतदातालाई आग्रह गर्दै सरार्फले ‘हर्न’ छापमा मतदान गरी जनमत पार्टीलाई जिताउन अपिल गरे।

कार्यक्रममा जनमत पार्टीका नेताहरू विध्या गुप्ता, रम्भा मिश्रा, भूपेन्द्र साह, डा. मनोज कुमार, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, अञ्जना गुप्ता, बबिता पुडासैनी, नरेश राम, सत्युग साहलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै