ट्रेन्डिङ

वन मुद्दाका फरार प्रतिवादी साढे १४ वर्षपछि पर्साबाट पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले वन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ देउरवाना बस्ने ५६ वर्षका नजिर अन्सारी छन् ।

उनीमाथी पर्सा जिल्ला अदालतले ०६८ साल असार २० गते वन सम्बन्धि मुद्दामा १७ दिन कैद र २२ हजार ६०० रुपैँया जरिवानाको सजाय सुनाएको थियो ।

सोही फैसलापछि फरार बनेका प्रतिवादीलाई प्रहरीले साढे  १४ वर्षपछि पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका अन्सारीलाई आवश्यक कारवाहीका पटेर्वासुगौली प्रहरीको नियन्त्रणमा राखिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै