ट्रेन्डिङ

पर्साको जगरनाथपुरबाट २४० किलो चरेस बरामद, दुइजना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा चरेस बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा गरिएको जाँचबाट प्रहरीले २४० किलो चरेससहित दुइ जनालाइ नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिकाको एरियाबाट चरेससहित कारोबारी र ट्रक पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले बताए ।

उनका अनुसार जिल्लाको जगरनाथपुरबाट ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरिएको छ, ६ चक्के ट्रकबाट २ जना पक्राउ परेका छन ।

पक्राउ परेकाहरुमाथि विशेष अनुसन्धान चलिरहेकोले नाम र अन्य विवरण अहिले गोप्य राखिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै