ट्रेन्डिङ

किन प्रहरीले सुरु गर्यो पर्सामा कुकुरबाट ‘सर्च’ अभियान ?

बीरगन्ज । पर्सा प्रहरीले तालिमप्राप्त कुकुरको मद्दतबाट जाँच अभियान सुरु गरेको छ । चाडपर्व लक्षित गर्दै प्रहरीले मंगलबारदेखि कुकुरको मद्दतबाट ‘सर्च’ अभियान सुरु गरेको हो ।

बढ्दो चोरी तस्करी, लागु औषध ओसारपसार नियन्त्रण लगायतका आपराधिक गतिविधि हुनबाट रोक्न यो अभियान चलाएको पर्सा प्रहरीले जनाएको छ  ।

अभियान अन्तर्गत मंगलबार बीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकमा कुकुरको मद्दतबाट जाँच गरिएको प्रहरी नायब उपरीक्षक दिपक भारतीले बताए ।

उनका अनुसार जिल्ला प्रहरीबाट प्रहरी निरीक्षक रमेश कुमार तिमिल्सिनाको कमाण्डमा खटिएको प्रहरी टोलीले ‘डग स्निफिङ’ मार्फत जाँच गरेको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै