ट्रेन्डिङ

जनकपुरमा महिलाको हत्या प्रकरणमा कारबाही ढिलाइ भएको भन्दै विरोध प्रदर्शन

जनकपुर। जनकपुरधाममा पाँच दिनअघि भएको एक महिलाको मृत्यु प्रकरणमा आरोपितलाई कडा कारबाही गर्न माग गर्दै आज सोमबार बिहानदेखि जिल्ला प्रहरी कार्यालय धनुषाअगाडि स्थानीयवासी र पीडित पक्षले विरोध प्रदर्शन गरेका छन्।

हत्या भएको पाँच दिन बितिसक्दासमेत आरोपितलाई कानुनी दायरामा नल्याएको भन्दै प्रदर्शनकारी आक्रोशित बनेका हुन्।

गत बिहीबार जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाकी रोशनी झाको मृत्यु भएको थियो।

घरपट्टिको पक्षले भर्‍याङबाट लडेर घाइते भई उपचारका क्रममा मृत्यु भएको दाबी गर्दै आएको छ भने माइती पक्षले भने रोशनीलाई घाँटी थिचेर हत्या गरिएको आरोप लगाउँदै आएको छ।

उनका श्रीमान् प्रशान्त मिश्रले नै हत्या गरेको माइती पक्षको दाबी छ।

प्रहरीले प्रशान्त मिश्रलाई पक्राउ गरी अनुसन्धान थालिसकेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रुगमबहादुर कुँवरका अनुसार घटनाबारे सूक्ष्म रूपमा छानबिन भइरहेको छ।

तर अनुसन्धान र कारबाहीको गति सुस्त भएको भन्दै पीडित पक्ष सडकमा उत्रिएको हो।

प्रदर्शनकारीहरूले दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याई कडा सजाय दिन माग गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै