ट्रेन्डिङ

५ रुपैयाँ विवादको ‘रिस इगो’: योजना बनाएर चालकले पानी फ्याक्ट्री म्यानेजरको घाँटी रेटे

वीरगन्ज । बारा प्रहरी कार्यालयले रामकिशोर सिंह हत्या प्रकरणमा पक्राउ गरेका दुइजनालाई आज सार्वजनिक गरेको छ ।

पानी फ्याक्ट्रीका म्यानेजर सिंह हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेका दुइ जनालाइ आज सार्वजनिक गरेको हो । प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै हत्या भएको १६ घन्टामा दुबैजनालाई आज सार्वजनिक गरेको हो ।
सार्वजनिक हुनेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर–२२ मनियारी निवासी राजनकुमार राम र सोही ठाउँ निवासी प्रमोद साह रहेका छन् ।

घटनाको अघिल्लो दिन दुबैजना रक्सी खादै योजना बनाइ सिंहको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बारा प्रहरीले उनीहरुको साथबाट रगत लागेको फलामको छुरा १ थान र रगत लागेको इट एक थान बरामद गरेको जानकारी दिएको छ। पक्राउ परेका दुबैजनामाथि प्रहरीले कर्तव्य ज्यान कसुर मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।

घटनाको कारण

घटनाको अघिल्लो दिन अर्थात् ११ मंसिर । यो दिन बारा प्रसौनी–६स्थित पानी फ्याक्ट्रीका म्यानेजर रामकिशोर सिंहको सोही फ्याक्ट्रीमा चालक पदमा कार्यरत राजनकुमार रामसंग विवाद भयो । चालक रामले फ्याक्ट्रीको पानी रेट भन्दा बढी पैसा लिएर बिक्री गर्न थालेपछि म्यानेजर सिंह र चालक रामबिच भनाभन मात्रै भएन, विवाद नै भयो ।

बारा प्रहरीका अनुसार १ सय १० रुपैयाँ पर्ने चालकले कम्पनीको रेट भन्दा बढी ११५ र १२० रुपैयाँमा बच्ने गरेको पाइएपछि यही विषयलाई लिएर चालक र पानी फ्याक्ट्रीका म्यानेजरबिच चर्को विवाद भयो ।

प्रहरी भन्छ–‘त्यसपछि कम्पनीको नीतिअनुसार म्यानेजर सिंहले ११ मंसिरमा चालक रामको हरहिसाब गरी कामबाट निकालिदिए, यसरी निकालिसकेपछि चालकको मनमा इगो भयो । अनि यही रिसइवीका कारण चालक रामले आफ्नो साथीसंग जाँड खाँदै म्यानेजर सिंहको हत्या गर्ने योजना बुने । जुन योजनाअनुरुप चालक र उनका साथीले फ्याक्ट्रीका म्यानेजरको ज्यान लिए ।’

मूलतः चालकलाई कामबाट निकालेपछि सोही रिसइवीकारण म्यानेजरको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बारा प्रहरीका निमित्त सूचना अधिकारी खेम प्रसाद नेपालले जारी गरिएको विज्ञप्तिमा लेखिएको छ ।

यसरी १६ घन्टामै आरोपित पक्राउ

घटना भइसकेपछि बारा प्रहरीले यसलाई आफ्नो पहिलो प्राथमिकतामा राख्यो । घटना लगत्तै हरेक पाटोमा अनुसन्धान सुरु ग¥यो । क्राइम –सीन देखि लिएर प्राविधिक पाटोमा प्रहरी विश्लेषण सुरु भयो । त्यसैक्रममा प्रहरीले सुरुमा प्राविधिक पाटोमा सूक्ष्म अनुसन्धान सुरु ग¥यो ।

प्राविधिक पाटोमा अनुसन्धान गर्दै जाँदा चालक र मृतकबिच लामोलामो कुराकानी भएको पाइयो । बारा प्रहरी प्रमुख नरेन्द्र कुँवर आफै घटनाको सूक्ष्म अनुसन्धानमा खटिएकाले सिडिआरको विश्लेषणपछि सुरुमा चालक राममाथि अनुसन्धान गर्ने प्रहरीले रणनीति बनायो ।

सोही रणनीतिअनुरुप बारा प्रहरीका इन्स्पेक्टर टुपेन्द्र श्रेष्ठले चालक रामलाई पर्साबाट नियन्त्रणमा लिए । नियन्त्रणमा लिएपछि गरिएको अनुसन्धानमा चालक रामले हत्याको फेहरिस्त सुनाए ।

रामले घटनाको फेहरिस्त सुनाएपछि प्रहरीले थप सबुतप्रमाण खोज्दै हत्याका घटनामा १६घन्टाभित्रै प्रहरीलाई सफलता मिल्यो  । उनै रामको बयानको आधारमा अर्का आरोपित साहलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

मुख्यतः यही सिडिआरको विश्लेषणले प्रहरीलाई सफलता मिलेको अनुसन्धान टोलीमा सहभागी एक अधिकृतले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै