ट्रेन्डिङ

मिथिला बिहारीका वडाध्यक्ष यादवको हत्या प्रकरणमा प्रहरी जवान पक्राउ

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली प्रहारबाट मृत्यु भएको घटनामा सोही जिल्लामा कार्यरत प्रहरी जवान शम्भु यादवलाई पक्राउ गरिएको छ।

स्थानीयले दिएको जानकारीअनुसार भोजसम्बन्धी विषयमा उत्पन्न विवाद चर्किँदै जाँदा प्रहरी जवान यादवले वडाध्यक्षमाथि गोली चलाएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

घटनामा अन्य केही व्यक्ति पनि घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको जनाइएको छ।

मृतक वडाध्यक्षको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ भने घटनास्थलबाट संलग्न देखिएका प्रमाण संकलन गरी विस्तृत छानबिन अघि बढाइएको प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए।

प्रहरीका अनुसार गोली प्रहार गर्ने शम्भु यादव धनुषा प्रहरीमै कार्यरत थिए र घटनापछि उनलाई नियन्त्रणमा लिएर विस्तृत बयान लिइँदै छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै