जनकपुर । धनुषामा मिथिला बिहारी नगरपालिकामा गोली हानी वडाध्यक्षको गरिएको छ ।
शुक्रबार साँझ अज्ञात ब्यक्तिले गोली प्रहार गर्दा नगरपालिकाको वडा नम्बर-९ का वडाध्यक्षको हत्या गरेको जनाइएको छ ।
धनुषा प्रहरीका अनुसार अज्ञात ब्यक्तिले गोली प्रहारबाट वडाध्यक्ष विन्देश्वर यादवको मृत्यु भएको हो ।
गम्भीर घाइते वडाध्यक्ष यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको भए पनि चिकित्सकले उनलाई बचाउन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ।
प्रहरीले घटना गम्भीर भएको बताउँदै संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको जानकारी दिएको छ।
हत्या किन र कसले गरेको भन्ने विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।