वीरगन्ज । बिहार विधानसभा चुनावका सबै २४३ स्थानमा मतगणना तीव्रगतिमा चलिरहेको छ।
अधिकांश केन्द्रमा बिहान ८ बजेदेखि नै गणना सुरु भए पनि केही क्षेत्रमा अलि ढिलोगरी प्रक्रिया अघि बढाइएको थियो।
बिहान १० बजेसम्म प्राप्त प्रारम्भिक अपडेटअनुसार सबै क्षेत्रका मतपेटिका खोलिएका छन् र प्रारम्भिक परिणामहरू पनि सार्वजनिक हुन थालेका छन्।
भारतीय अनलाइन मिडियाहरूका अनुसार प्रारम्भिक अवस्थामै सत्तारूढ एनडिए गठबन्धनले एकल बहुमत पार गर्ने संकेत देखिएको छ।
बहुमतका लागि आवश्यक १२२ सिट पार गर्दै एनडिए १६२ सिटमा अग्रस्थानमा रहेको उल्लेख गरिएको छ।
तीमध्ये जनता दल युनाइटेड (जेडियू) ७६ सिटमा अघि बढिरहेको छ भने भारतीय जनता पार्टी (भाजपा) ६९ सिटमा अगाडि देखिन्छ।
यससँगै जेडियू नेता नितीश कुमार पुनः बिहारको शासन शक्तिमा फर्कने निश्चित जस्तै देखिएको छ।