ट्रेन्डिङ

वीरगन्जमा पत्रकारहरूका लागि हैजाविरुद्धको खोप शिविर, भोली बिहानदेखि सुरु हुने

वीरगन्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा बिहीबारदेखि पत्रकारहरूका लागि हैजाविरुद्धको खोप शिविर सञ्चालन हुने भएको छ।

महासंघका अनुसार खोप कार्यक्रम कात्तिक २७ गते बिहीबार बिहान ११ बजेबाट खोप कार्यक्रम सुरु हुनेछ।

खोप क्लासिक ब्याङ्केट, आर्मी ब्यारेकको उत्तर, वीरगन्जमा खोप लगाइनेछ ।

महासंघले हालसम्म हैजाविरुद्धको खोप नलिएका पत्रकारलाइ खोप लिन अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेको छ।

साथै, आफ्ना परिवारका सदस्य र आफन्तहरूलाई समेत खोपका लागि ल्याउन सकिने जनाइएको छ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले सबै पत्रकारहरूलाई स्वास्थ्य सुरक्षाका दृष्टिले खोप कार्यक्रममा सक्रिय सहभागिता जनाउन आह्वान समेत गरेका छन्।

महासंघले हैजा संक्रमणको जोखिम न्यूनीकरणका लागि खोप कार्यक्रम संचालन गर्न लागिएको जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै