ट्रेन्डिङ

नवनियुक्त मुख्यमन्त्री सरोज यादवले भने-मलाइ विश्वासको मतमा सहयोग नगरे प्रदेशसभा विघटन हुन्छ

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो सरकार बाध्यताक्रमबाट बनेको भन्दै समर्थन नपाए प्रदेशसभा विघटनसम्म पुग्न सक्ने चेतावनी दिएका छन् ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम बनेको सरकारलाई अस्थिरताको जोखिम रहेको उल्लेख गर्दै उनले विश्वासको मत प्राप्त नगरे प्रदेशसभा विघटनको अवस्था आउने बताएका हुन् ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले भने, “यो सरकार बाध्यताको परिणाम हो । समर्थन नपाए प्रदेशसभा विघटनबाहेक अर्को विकल्प रहँदैन । त्यसैले सबै दलको सहयोग आवश्यक छ ।”

उनका अनुसार अहिले विश्वासको मतका लागि नेपाली कांग्रेस र जनमत पार्टीसँग निरन्तर संवाद भइरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै