बीरगन्ज । ड्रागन अफ साहिब दरबारले बीरगन्ज सुपर लिग सिजन ३ को उपाधी जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा बीरगन्ज ब्लास्टरलाई ४ विकेटले पराजित गर्दै ड्रागन अफ साहिब दरबारले उपाधी जितेको हो ।
आर्दशनगर क्रिकेट रंगशालामा भएको खेलमा बीरगन्ज ब्लास्टरले टस जितेर ब्याटिङ रोज्यो । उसले १९ ओभर १ बलमा पूरै विकेट गुमाएर एक सय १३ रन बनायो ।
ब्लास्टरका लागि अनुज चौहानले सर्वाधिक ४७ रन बनाए । यस्तै रुहुल हकले २० रन जोडे ।
ड्रागन अफ साहिबका चन्दन रामले ४ विकेट र परवेज हुसेनले २ विकेट लिए ।
ब्लास्टरको पछ्याएको ड्रागनले १६ ओभर २ बलमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । खेलमा मनोज गिरीले २८ र क्रृषि सहनीले २५ रनको योग दिए ।
खेलमा अनुज चौहानले ३ र साराजुल आलमले २ विकेट लिन सफल भए ।
फाइनल खेलमा चन्दन राम प्लेयर अफ दि म्याच घोषित भएका छन् ।
असोज ९ गतेदेखि जारी प्रतियोगितामा ६ वटा टोलीको सहभागीता रहेको थियो । बीरगन्ज युथ स्पोर्टस एकेडेमीको आयोजना तथा पर्सा क्रिकेट संघको समन्वयमा प्रतियोगिता आयोजना गरिएको थियो ।