ट्रेन्डिङ

सप्तरी : गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोडसहित आगजनी गर्ने ४ जना पक्राउ

के हो कारण ?

सप्तरी । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।

आइतबार साँझ प्रहरीले चार जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–४ का विनित चौहान, उदय ठाकुर, बिष्णुपुर गाउँपालिका–६ परमेश्वर यादव र उनका छोरा रमण यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गौतमकुमार केसीले जानकारी दिए ।

अस्पतालको एनआइसियू वार्डको बल्ब झरेर अस्पतालमा भर्ना भएका नवजात शिशुलाइ करेन्ट लागेको थियो । दुर्घटनाबाट रुपनी गाउँपालिका हर्दियाकी रेखा यादवको नवजात ( आज मात्र जन्मिएको) शिशु घाइते भएका छन् ।

घटनालगत्तै आक्रोशित युवाहरुले अस्पतालको लापरवाहिका कारण शिशु घाइते भएको भन्दै अस्पतालमा तोडफोडसहित आगजनी गरे ।

अस्पताल प्रशासनका अनुसार केहि युवाले निमित्त मेसु दिलीप साहमाथि हातपात प्रयाससमेत गरेका थिए ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै