ट्रेन्डिङ

कांग्रेसका पूर्वमन्त्री सुरेन्द्र चौधरीले भने- ‘४ वर्षभित्र विशेष वा नियमित अधिवेशन चाहन्छौं’

वीरगन्ज । नेपाली कांग्रेसका पूर्वमन्त्री एवम् पर्साका पूर्वजिल्ला सभापति सुरेन्द्र प्रसाद चौधरीले पार्टीमा चार वर्षको सीमाभित्र विशेष वा नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन्।

अहिले पार्टीभित्र महाधिवेशनको तयारीबारे चलिरहेका चर्चाबीच चौधरीले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

चौधरीले शनिबार बिहान आफ्नो फेसबुकमा स्टाटस लेख्दै पार्टी नेतृत्वप्रति संकेत गर्दै भनेका छन्, “No more Tacos for political Swindlers.” (अब राजनीतिक छलकपट गर्नेहरूका लागि ‘टाकोज’ छैनन्)।

उनको उक्त अभिव्यक्तिलाई पार्टीभित्रका पछिल्ला गतिविधि र नेतृत्वप्रतिको असन्तुष्टिका रूपमा व्याख्या गरिएको छ।

पर्सा जिल्लाबाट लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय रहँदै आएका चौधरी पार्टीभित्र स्पष्ट विचार र तिखो आलोचनाका लागि परिचित नेता हुन्।

उनले पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउन निर्धारित समयावधिभित्र अधिवेशन गर्नुपर्नेमा जोड दिएका छन्।

हाल नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र तयारीबारे नेतृत्व तहमा छलफल चलिरहेको छ।

यसबीचमा पूर्वमन्त्री चौधरीको अभिव्यक्ति पार्टीभित्र नेतृत्व–समीक्षा र संगठन सुदृढीकरणको बहसमा नयाँ ऊर्जा थप्ने देखिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै