वीरगन्ज । समाजसेवामा सक्रिय ब्रह्म कुमारी राजयोग सेवा केन्द्र, कलैयाले निशुल्क कपडा बैंक कलैयालाई ७० थान कपडा सहयोग गरेको छ।
सेवा केन्द्रका प्रतिनिधि भरत अग्रवाल, रोशनी बहन, जानकी बहन र गङ्गाधर भाईले विभिन्न उमेर समूहका लागि उपयुक्त कपडा बैंकमा हस्तान्तरण गर्दै मानवसेवा र सहयोगको भावना विस्तार गर्न निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
सेवा केन्द्रकी सञ्चालिका मिना दिदीको विशेष पहलमा कपडा हस्तान्तरण गरिएको अग्रवालले जानकारी दिए।
मिना दिदीले आगामी दिनहरूमा पनि मानव कल्याणका कार्यमा निरन्तर साथ र सहयोग रहने बताइन्।
सो अवसरमा निशुल्क कपडा बैंकका अध्यक्ष मोकदम अन्सारीले ब्रह्म कुमारी परिवारप्रति आभार व्यक्त गर्दै, “यस प्रकारको सहयोगले गरिब तथा विपन्न वर्गका नागरिकलाई प्रत्यक्ष राहत मिल्नेछ,” भने।
बैंकका संरक्षक तथा विश्वास एफएम कलैयाका प्रबन्ध निर्देशक साजिर मन्सूरले निशुल्क कपडा बैंकले स्थानीय समुदायका आर्थिक रूपमा कमजोर परिवारलाई निःशुल्क कपडा वितरण गर्दै आएको जानकारी दिए।
उनले हालसम्म सहयोग गर्ने सबै दाताहरूप्रति कृतज्ञता व्यक्त गरे।