वीरगन्ज । अनलाइन माध्यमबाट हुने ठगीबाट सावधान रहन प्रहरीले आग्रह गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डौँले अनलाइन माध्यमबाट हुने विभिन्न ठगी घटनामा वृद्धि भएको भन्दै सतर्क रहन अपिल गरेको हो ।
अनलाइनमा सस्तो रेटमा सामानहरू देखाएर अग्रीम रकम भुक्तानी गर्न लगाउने, पैसा आएको छैन भनी वाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाउने र ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढिरहेको प्रहरीको भनाइ छ ।
कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्न तथा ओटीपी नम्बर नदिन प्रहरीको अनुरोध छ ।