बीरगन्ज । मधेस प्रदेश प्रहरी कार्यालयले आज ६९ औं प्रहरी दिवस मनाएको छ । जनकपुरमा विभिन्न कार्यक्रम गरी प्रदेश प्रहरीको कार्यालयले ६९ औं प्रहरी दिवस २०८१ मनाएको हो ।
प्रहरी दिवसको अवसरमा मधेश प्रहरीले विभिन्न धार्मिक स्थलको सरसफाइ कार्यक्रम गरेको छ । विहानको समयमा प्रदेश प्रहरीले जनकपुरका पोखरीहरुको सरसफाइ गरेको हो ।
प्रदेश प्रहरी प्रमुख सुबास बोहराका अनुसार प्रहरी दिवसको अवसरमा जनकपुरमा रहेको पवित्र धार्मिकस्थल र धार्मिक आस्थाका केन्द्रहरुको सरसफाइ गरिएको हो ।
जनकपुरधाम उप–महानगरपालिका स्थितका गंगासागर, गंगा आरती र धनुषसागर पोखरी सरसफाई गरिएको मधेश प्रहरीको कार्यालयले जनाएको छ ।
प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख भुवनेश्वर तिवारी, मधेश प्रदेश प्रहरी गण जनकपुरधाम धनुषा गण प्रमुख प्रहरी उपरीक्षक नारायण रंजितकार प्रहरी जवान तथा अधिकारीहरु एवम नेपाली सेनाका गरी २६५ जनाको सहभागीता रहेको थियो ।