ट्रेन्डिङ

विङ्गरको ठक्करबाट सिरहामा मोटरसाइकल चालकको मृत्यु

सिरहा । जिल्लाको नरहा गाउँपालिका–३, चोहर्वास्थित सडकखण्डमा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

तीव्र गतिमा आएको विङ्गरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको उपचारका क्रममा निधन भएको हो।

मधेश प्रदेश ०१–००१ ज ०११२ नम्बरको विङ्गरले स.२ प ९५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अर्नामा गाउँपालिका–३ बस्ने ५० वर्षीय बच्चु महतो कोइरी गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै अनुराधा हेल्थ केयर अस्पताल, नयाँ चोहर्वा लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार अर्का एक जना व्यक्ति पनि घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएको छ।

प्रहरीले दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै