ट्रेन्डिङ

मिर्गौला समस्या बढेपछि कांग्रेस नेता अफताव आलम पुनः आईसीयूमा

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलम काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालको आईसीयूमा उपचाररत छन्।

मिर्गौलासम्बन्धी समस्या गम्भीर बनेपछि तिहारअघि उनलाई पुनः अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

आलमलाई यसअघि पनि त्यही समस्या देखिएपछि दशैंअघि केएमसीमा राखिएको थियो।

स्वास्थ्यमा सुधार आएपछि केही समयअघि डिस्चार्ज गरिए पनि फेरि समस्या बढेपछि उनलाई पुनः आईसीयूमा सारिएको बताइएको छ।

पूर्वमन्त्री आलमलाई २०६४ साल चैत २७ गते रौतहटको राजापुरमा भएको बम विस्फोट प्रकरणमा घाइतेलाई इँटाभट्टामा जलाएर हत्या गरेको अभियोगमा जिल्ला अदालतले २०८१ वैशाख १३ गते जन्मकैदको सजाय सुनाएको थियो।

तर, उनले त्यसविरुद्ध दायर गरेको पुनरावेदनमाथि गत जेठ १४ गते वीरगञ्ज उच्च अदालतले सुनुवाइ गर्दै जिल्ला अदालतको फैसला उल्टाएपछि उनी नख्खु कारागारबाट मुक्त भएका थिए।

कारागारबाट छुटेको केही दिनमै स्वास्थ्य समस्या देखिएपछि आलमलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।

त्यहाँ उपचारपछि केही समय निको भए पनि हाल पुनः मिर्गौलासम्बन्धी जटिलता देखिएपछि उनी आईसीयूमा उपचाररत छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै