ट्रेन्डिङ

महागढीमाईका मेयर ‘उपन’को पोष्ट : श्रीमतीलाई छोडेर आधा उमेरकीसँग विवाह गर्ने, बच्चाहरुको वास्ता छैन, पद छोड्न तयार

वीरगन्ज । नेपाली कांग्रेसका नेता तथा महागढीमाई नगरपालिकाका प्रमुख नेता उपेन्द्र यादव (उपन)ले सामाजिक सञ्जालमा गरेको एक अभिव्यक्तिले अहिले व्यापक चर्चा पाएको छ। यद्यपी उनले सामाजिक संजालको पोष्ट भने डिलीट गरेका छन् ।

उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् लेखेका छन् कि उनले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी अर्की युवतीसँग विवाह गर्ने निर्णय लिएका छन्। उनले यस्तो लेखेपनि उनले बिवाह गरिसकेको स्रोतले दावी गरेको छ ।

फेसबुकमा उनले लेखेका छन्, ‘म मेरी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्नेछु र मेरो आधा उमेरकी नयाँ केटीसँग विवाह गर्नेछु। मलाई मेरा बच्चाहरूको वास्ता छैन। यदि तपाईँहरूले मलाई समर्थन गर्न चाहनुहुन्छ भने ठीक छ, नत्र मलाई सार्वजनिक समर्थन चाहिँदैन। म मेरो पद छोड्न तयार छु।’

उनले फेसबुकमा लेखेको ५ मिनेटमै यो पोष्ट डिलीट गरेका थिए ।तर त्यीबेला सम्म उनको पोष्टलाई संयौले स्क्रीसट गरेर सुरक्षीत गरिसकेको पाइएको छ । उनले यो पोष्टलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापा सहित अन्य १८ जनालाई पनि ‘ट्याग’ गरेका छन ।

उनको यो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। धेरैले यसलाई निजी विषय सार्वजनिक गरेको भन्दै आलोचना गरेका छन् भने केहीले उनको स्पष्टता र आत्मस्वीकृतिको रूपमा पनि व्याख्या गरेका छन्।

स्थानीय राजनीतिक वृत्तमा सक्रिय यादवले सो पोस्ट पछि कुनै थप स्पष्टीकरण दिएका छैनन्। तर उनको उक्त वक्तव्यले व्यक्तिगत र सार्वजनिक जीवनबीचको सन्तुलनबारे पुनः बहस सुरु गरेको छ।

उनको यो अभिब्यक्ति सामाजिक सांस्कृतिक रुपमा पनि निकै बिचलित भएको टिप्पणी गर्न थालिएको छ । उनले नगरपालिकाको प्रमुख भई सम्पादन गरेका कतिपय कामहरु हिजोका दिनमा विवादमा आएका थिए । उनको सांस्कृतिक बिचलनको बिषय हिजोदेखि उठ्दै आएको थियो । आज उनैले यसलाई बहसमा ल्याएका छन् ।

यता, मेयर ‘उपन’ ले आफ्नो आधिकारिक फेसबुक आईडी ह्याक भएको र त्यसबाट आफ्नो चरित्र हत्या गर्ने खालका आपत्तिजनक पोस्टहरू सार्वजनिक भएको स्पष्टीकरण दिएका छन् । आफ्नो सामाजिक सञ्जालमा गरिएको विवादास्पद पोस्ट आफ्नै लेखाइ नभएको उनको दाबी छ । उनले लेखेका छन्, ‘कसैले मेरो फेसबुक आइडी ह्याक गरी मेरो चरित्र हत्या गर्ने खालका पोस्ट गरेका छन्। यो मेरो लेखाइ होइन।’

मेयर यादवले आफ्नो चरित्रमाथि प्रश्न उठाउने गरी पोस्ट गर्ने ह्याकरको पहिचान गरी कानुनी दायरामा ल्याउने र कडा कारबाही गराउने बताएका छन् ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै