ट्रेन्डिङ

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा भारी गिरावट, नेपालमा पनि सस्तिने सम्भावना

वीरगन्ज । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा नाटकीय रूपमा गिरावट आएको छ।

मङ्गलबार र बुधवार गरी दुई दिनको अवधिमा सुनको मूल्यमा झन्डै ७ प्रतिशतको भारी कमी देखिएको छ । सोमबार सुनको मूल्य प्रतिऔंस ४ हजार २६७ डलर पुगेको थियो। तर, मङ्गलबार बजार खुल्दा ४ हजार ३६६ डलर प्रतिऔंसमा कारोबार भए । बुधवार पनि ४ हजार १२४ अमेरिकी डलरबाट कारोबार सुरु भएको सुन १.५२ प्रतिशतले घटेर ४ हजार ६४ अमेरिकी डलर प्रतिऔंसमा कारोबार भइरहेको छ।

नेपालमा भने तिहारको सार्वजनिक बिदाका कारण अहिले नयाँ मूल्यदर तोकिएको छैन। तर, अन्तर्राष्ट्रिय बजारमा आएको यो ठूलो गिरावटलाई आधार मान्ने हो भने नेपाली बजारमा सुनको मूल्य झन्डै १५ हजार रुपैयाँभन्दा धेरैले सस्तो हुने देखिएको छ।

सुनको मूल्यमा आएको यो अल्पकालीन गिरावटलाई अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको अस्थिरता केही कम हुने संकेतको मुख्य कारण मानिएको छ। केही दिनअघि युक्रेनका राष्ट्रपतिले थप हतियारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेका थिए, तर ट्रम्पले अब युद्ध अन्त्य गर्नुपर्ने सुझाव दिएका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पको यो भनाइले नै विश्वव्यापी रूपमा लगानीकर्ताहरूलाई सुरक्षित मानिने सुनबाट लगानी झिक्न प्रेरित गरेको र मूल्यमा गिरावट आएको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै