ट्रेन्डिङ

७०औं प्रहरी दिवसको अवसरमा वीरगंजमा रक्तदान सम्पन्न

वीरगन्ज । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा एक विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

वीरगन्जस्थित जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा प्रहरीका जवान, अधिकारीहरू, नागरिक समाजका प्रतिनिधि तथा स्थानीय स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

रक्तदान कार्यक्रमलाई रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक जितेन्द्र कुशवाहाको नेतृत्वमा पुगेको टोलीले प्राविधिक सहयोग प्रदान गरेको थियो। कार्यक्रमका क्रममा एक जना महिला सहित कुल ६७ जनाले रक्तदान गरेका थिए।

रक्तदान गर्नेहरूमा रामसुन्दरी यादव, धर्मेन्द्र प्रसाद, सम्बर गुरुङ, मनोर रसाइली, केदार तिमल्सिना, मोहम्मद जलीम अख्तर, गुलशन कुमार यादव, अफरोज आलम, ऋषिराम भट्टराई, लालबहादुर साह, मोतीलाल पासवान, लक्ष्मण कुमार यादव, सुदन पुरी, रामचन्द्र यादव, मुकेश राय लगायतका व्यक्तिहरू रहेका थिए।

कार्यक्रमको विशेष उपस्थितिमा पर्साका प्रहरी प्रमुख एसपी सुदीप राज पाठक तथा डिएसपी किशोर लम्साल उपस्थित रहेका थिए।
उनले रक्तदान जीवनदान हो भन्दै यस किसिमका सामाजिक उत्तरदायित्वका कार्यक्रमले प्रहरी र नागरिकबीचको सम्बन्ध अझ प्रगाढ बन्ने बताएका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै