ट्रेन्डिङ

टी–२० विश्वकप छनोट : सुपर सिक्सको पहिलो भिडन्तमा नेपाल र यूएई आज भिड्दै

वीरगन्ज । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ।

शुक्रबार समूह ‘बी’ को अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान बनाएको थियो। यसअघि पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनको फराकिलो अन्तरले हराएको थियो।

नेपाल र यूएईबीचको यो महत्त्वपूर्ण खेल आज दिउँसो ४ः१५ बजे सुरु हुनेछ। सुपर सिक्समा नेपालले यूएईबाहेक कतार, ओमान र सामाओसँग पनि प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। टी–२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश गर्नका लागि यो चरण नेपालको लागि निकै महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै