ट्रेन्डिङ

विश्व दृष्टि दिवसमा सशस्त्र प्रहरीको निःशुल्क आँखा जाँच, ६८ जना लाभान्वित

वीरगन्ज । विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा सशस्त्र प्रहरी बलका जवानहरूको लागि निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।

आज सम्पन्न भएको उक्त शिविर सशस्त्र प्रहरी बल, चिनिमिलमा कार्यरत प्रहरीहरूलाई लक्षित गरिएको थियो। संघका सभापति भगवती चौधरीको सभापतित्वमा भएको कार्यक्रमको शुभारम्भ सशस्त्र प्रहरी उपरीक्षक पुरन भट्टले आफ्नो आँखा परीक्षण गराएर गरेका थिए ।

शिविरबाट सशस्त्र प्रहरी बल, चिनिमिलका ६८ जना सशस्त्र प्रहरीहरूले निःशुल्क आँखा जाँच गराएका छन्। जाँचपश्चात् उनीहरूलाई आवश्यक चश्मा र औषधी समेत निःशुल्क उपलब्ध गराइएको थियो।

कार्यक्रममा संघका उपाध्यक्ष मदन प्रसाद गुप्ता, सचिव सीताराम उपाध्याय, कोषाध्यक्ष दीपिका श्रेष्ठ लगायत कार्यसमितिका सदस्यहरू महन्थ प्रसाद यादव, गणेश साह, उमेश गुप्ता, सुनिता नेपाल, समित कर्ण र बसन्त गुप्ताको उपस्थिति रहेको थियो। आँखा परीक्षण तथा प्राविधिक सहयोग नेत्र सहायक अञ्जली चौधरी र टेक्निसियन आनन्द कुमार साहले गरेको कार्यसमिति सदस्य राजन श्रीवास्तवले जानकारी गराए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै