ट्रेन्डिङ

धनुषाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले ब्राउन सुगर (खैरो हिरोइन) सहित दुई जनालाई पूर्व–पश्चिम राजमार्गबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिराहाको मिर्चेया नगरपालिका–७ बस्ने २४ वर्षीय निरजन यादव र सप्तरीको राजविराज नगरपालिका–९ बस्ने ३१ वर्षीय रोहन कुमार सिंह रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए।

प्रहरी निरीक्षक यादवका अनुसार, धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, पोर्ताहा स्थित पूर्व–पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेक प्वाइन्ट खडा गरी जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका यादव र सिंह बा.प्र.०३–००३ प २०८७ नम्बरको मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ आइरहेका थिए। उनीहरूको साथबाट ब्राउन सुगर बरामद भएको र दुवैलाई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै