
बीरगन्ज । बीरगन्ज ब्लास्टर बीरगन्ज सुपर लिग सिजन ३ को फाइनलमा प्रवेश गरेको छ । बीरगन्ज च्यालेन्जर्सलाई १ विकेटले पराजित गर्दै ब्लास्टर फाइनलमा प्रवेश गरेको हो ।
आदर्शनगरस्थित क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा टस जितेर बीरगन्ज ब्लास्टरले फिल्डिङ रोज्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको बीरगन्ज च्यालेन्जर्सले २० विकेटमा ७ विकेट गुमाएर एक सय ५५ रन बनायो ।
उसका लागि अक्यूब अन्सारीले ४० रन बनाए । यस्तै सफवान अलिले ३६ रन जोडे ।
बलिङतर्फ महम्मद मिराज र राहुल अन्सारीले क्रमशः २÷२ बिकेट लिए ।
जवाफी मैदानमा उत्रिएको बीरगन्ज ब्लास्टरले पूरा ओभरमा ९ विकेट गुमाउँदै एक सय ५८ रन बनायो ।
ब्लास्टरका लागि राहुल हकले ६१ र मन्जे महतोले ३७ रनको योग गरे ।
बलिङमा सफवान अलि ४ र अक्यूब अन्सारीले २ विकेट लिए ।
खेलमा राहुल हक प्लेयर अफ दि म्याच घोषित भएका छन् ।
यस्तै अहिले जारी दोस्रो सेमिफाइनल खेलमा सनलाइट किङग्स र ड्रागन अफ साहिब दरबार खेल्दै छन् ।