ट्रेन्डिङ

नेपालसँग हार्यो वेस्ट इन्डिज, जित र कप्तान पौडेलको अवार्ड ‘जेनजी आन्दोलन’ का शहीदप्रति समर्पित

काठमाण्डौं । नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी-२०आई खेलमा ऐतिहासिक जित हात पारेको छ ।

शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनायो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको हो ।

यसैबिच खेलमा उत्कृष्ट खेल्दै प्लेयर अफ दि म्याच बनेका  नेपाल क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आजको खेलको अवार्ड र जित ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका शहीदप्रति समर्पित गरेका छन् ।

खेलमा कप्तान पौडेलले ३५ बलमा ३८ रन बनाएका थिए । भने १ विकेट लिएका थिए । जितप्रति अवार्ड समर्पित गर्दै उनले भने, ‘पछिल्लो केहिदिन यता नेपालको अवस्था राम्रो छैन । हामी पून: राम्रो अवस्थातर्फ जाँदै छौ । म आजको जित र मेरो अवार्ड जेनजी आन्दोलनमा शहीद भएकाहरुप्रति समर्पित गर्न चाहन्छु ।’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै