ट्रेन्डिङ

सन लाइट किङग्स बीरगन्ज सुपर लिगको सेमिफाइनलमा

बीरगन्ज । सन लाइट किङग्स बीरगन्ज सुपर लिग सिजन ३ को सेमिफाइनलमा प्रवेश गरेको छ । साउन जोन वारियर्सलाई १३ रनले पछि पार्दै किङग्स सेमिफाइनलमा प्रवेश गरेको हो ।

आर्दशनगरस्थित क्रिकेट मैदानमा आज भएको प्रतियोगितामा टस जितेर साउथ जोन पबलिङ रोज्यो । उसले पूरै ओभर खेलेर एक सय १० रन बनायो । खेलमा मन्थन यादव सर्वाधिक १९ रन बनाए । त्यसपछि रनविर तामाङले १६, आसिम हवारी २ र सोनु कुशवाहाले २ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रिएको सन लाइटले पूरै ओभरमा ९ विकेट गुमाएर एक सय २३ बनाएको हो । सन लाइटका लागि प्रियान्सु झाले २३ रनको योग बनाए ।

यस्तै सुमित कुवर १९, आदर्श भण्डारी ३ र विपिन राउतले ३ रन जोडे ।

आजको पहिलो खेलमा आसिम हवारी प्लेयर अफ दि म्याच घोषित भएका छन् ।

अहिले जारी दोस्रो खेलमा ड्रागन अफ साहिब दरबार र एन्जल वल्र्ड स्टार्सबिच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै