ट्रेन्डिङ

सर्लाहीमा गोली प्रहार गरी फरार अभियुक्त पक्राउ

सर्लाही । जिल्लाको हरिपुर्वा नगरपालिका–६ मा एक जनाको गोली हानी हत्या गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले भारतबाट नेपाल प्रवेश गर्ने क्रममा ती अभियुक्तलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार, गत साउन ३० गते ५० वर्षीय रामपुकार यादवको गोली हानी हत्या भएको थियो। उक्त घटनामा संलग्न रहेको आरोप लागेका २६ वर्षीय अभि कुमार यादव (सन्तोष) घटनापश्चात फरार रहेका थिए।

प्रहरीलाई गोप्य सूचना प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक रोशन अधिकारीको नेतृत्वमा खटिएको चार जनाको टोलीले पर्सा गाउँपालिका–३ नारायणपुरबाट उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका अभि कुमार यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै