ट्रेन्डिङ

मन्त्री बन्न प्रधानमन्त्री कार्कीको आग्रह, डा. रुइतले भने, ‘बिरामी छोडेर आउँदिनँ’

वीरगन्ज। प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग चिकित्सक डा. सन्दुक रुइतलाई आफ्नो नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेकी छिन्।

मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमै पुगेर प्रधानमन्त्री कार्कीले डा. रुइतसँग यसबारे छलफल गरेकी हुन्।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्रीको यो भेटलाई महत्त्वपूर्ण मानिएको छ। प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिका कारण आफूले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा. रुइतलाई आग्रह गरिन्।

जवाफमा डा. रुइतले आफू सरकारलाई सहयोग गर्न तयार रहेको तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिए। उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘यहाँ छोडेर आउने ? यत्रो छ काम यहाँ छोडेर आउने ? बिरामीलाई छाडेर आउँदैन।’ उनले आफू आफ्नो चिकित्सकीय पेसामार्फत नै नागरिकको सेवामा समर्पित रहने बताए।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै