वीरगन्ज । वीरगन्ज कारागारमा बुधबार बिहान अचानक उत्पन्न तनावपछि अहिले कारागार पूर्ण रूपमा नेपाली सेनाको कब्जामा पुगेको छ ।
कारागारभित्र रहेका कैदीहरूले पर्खाल फोडेर बाहिर निस्कने प्रयास गरेपछि स्थिति नियन्त्रण गर्न सुरक्षाकर्मीले सयौं राउण्ड हवाइ फायर गरेका छन् ।
साथै अश्रुग्यास प्रहार गर्दै सुरक्षा निकायले कारागारलाई नियन्त्रणमा लिएको हो ।
झडपका क्रममा चार जना कैदी गम्भीर घाइते भएको पुष्टि भए पनि उनीहरूको नाम परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन ।
कारागार प्रशासनका अनुसार कैदीहरूले ठूलो संख्यामा भाग्ने योजना बनाएको सूचना पाएपछि सुरक्षाकर्मीहरू उच्च सतर्कतामा राखिएका थिए ।
त्यसपछि सुरक्षाकर्मी र कैदीबीच झडप बढेपछि सेनासहितको संयुक्त बल प्रयोग गरिएको हो ।
हाल कारागार क्षेत्रमा कडाइका साथ सुरक्षा व्यवस्था मिलाइएको छ ।
प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तैनाथ गरिएकाले स्थिति नियन्त्रणमा रहेको प्रशासनले जनाएको छ ।
