वीरगन्ज । वीरगन्ज महानगरपालिकामा हैजा फैलिएको १३ दिन भइसक्दा पनि प्रदेश र संघीय सरकारले त्यसको कारण पत्ता लगाउन सकेका छैनन् ।
संघीय सरकारको स्वास्थय मन्त्रालय र प्रदेश सरकारको मन्त्रालयले अहिलेसम्म आधिकारिकरुपमा हैजा फैलिएको कारण कुनै प्रतिवेदन सार्वजनिक गरेको छैन । पर्सा जिल्लामा हैजालाई लिएर सर्वसाधारणको मानसपटलमा त्रासको माहोल सृजना गरिदिएको छ । तैपनि सरकार भने बेप्रवाह झै बसेको छ ।
७२ घन्टाभित्र आइसक्नुपर्ने रिपोर्ट २८८ घन्टासम्म नआउँदा चिन्ताको विषय बनेको छ । किन सरकारले हैजा महामारीको रिपोर्ट लुकाइरहेको छ रु त्यो अहिले गम्भीर प्रश्न खडा गरिदिएको छ । हैजाको चपेटामा फसेको पर्सा जिल्ला अझ त्यसको चंगुलबाट उम्किन सकेको छैन । आजको मात्रै कुरा गर्ने हो भने झाडापखाला तथा शंकास्पद हैजाका विरामीहरुको नयाँ केश २३ जनामा देखिएको छ ।
वीरगन्ज महानगरपालिकाले तथ्यांकमा आज विहान नयाँ केश २३ जना रहेको पाइएको छ । महानगरमा मात्रै आज १२ औं दिनसम्मा गरी ८९९ जना कुल झाडापखाला तथा शंकास्पद हैजाका विरामीहरु अस्पताल भर्ना भएको रेकर्ड छ ,जसमध्ये ७९९ जना भने निको भएर घर फर्किसकेको विवरण छ ।
अस्पताल आएका कुल विरामीमध्ये १७६ जनामा हैजा पुष्टि भएको महानगरको तथ्यांकमा छ, जसमध्ये पनि १६२ जना उपचारपछि निको भएर घर फर्किसकेको आँकडा छ । यसरी १२ औं दिनसम्ममा हैजा संक्रमित तथा झाडापखालाका विरामीहरुको संख्यामा ओरालो लागेपनि संक्रमणको कारणबारे अझैसम्म ‘क्लु’ फेला पर्न सकेको छैन ।
महानगरपालिकाले कुनै बेला पानीमा हैजा पुष्टि नभएको बताइरहेको छ भने कुनै बेला तरकारीबाट हैजा फैलिएको भनिरहेको छ । तर प्रदेश सरकार र संघीय सरकारले अहिलेसम्म हैजा के कारणले फैलियो वा कुन स्रोतबाट हैजा देखियो रु त्यो वास्तविक तथ्यांक सार्वजनिक गर्न सकेको छैन ।
स्वास्थ्य मन्त्रालयका विज्ञ टोलीहरु वीरगन्जमा संक्रमित एरियामा निरीक्षण तथा जाँच गरेपनि कसैले पनि कहाँबाट आयो हैजा त्यो खुलाउन सकिरहेका छैनन् । संघीय र प्रदेश सरकारका स्वास्थ्य मन्त्रालयका विज्ञ टोलीहरुले हैजा संक्रमणको स्रोत नखुलाउँदा महानगरमा फैलिएको हैजा अहिले चिन्ताको विषय बनेको छ । स्रोतको पहिचान नहुँदा यत्र, तत्र, सर्वत्र त्रासको माहोल छ ।
खानेपानीबाट हैजा फैलिने भएको हुनाले डीप बोरिङ वा खानेपानी संस्थानको पानीबाट हैजा फैलियो भने आशंका रहेको बेला सरकारले हैजा संक्रमणको कारण सार्वजनिक नगर्दा सर्वसाधारणमा भ्रम पैदा भएको छ । खानेपानी मन्त्रालयले रिपोर्ट लुकायो भनेर बजारको हल्लालाई प्रमाणित गर्न बल पुगिरहेको छ ।
विज्ञ टोलीको रिर्पोट
गएको ६ गते हैजा तथा झाडापाखालाका विरामीहरु अस्पताल भर्ना हुन थाले । त्यसपछि लगातार अस्पतालमा भर्ना विरामीहरुको संख्या बढ्दै गयो । महामारी फैलिन थालेपछि संघीय सरकारको स्वास्थ्य मन्त्रालयबाट विशाल सुवेदीको नेतृत्वमा तीन सदस्यी विज्ञहरुको टोली वीरगन्ज आइपुग्यो ।
डा. सुवेदीको तीन सदस्यीय टोली ६ दिन बसेर वीरगन्जको संक्रमित एरियाको ‘केस बेस’ अध्ययन ग¥यो । उक्त अध्ययनमा टोलीले पानी ‘सप्लाई च्यानल’ बाट हैजा फैलिएको प्रारम्भि रिपोर्ट तयार पारेको टोली प्रमुख सुवेदी बताउँछन् ।
उनका अनुसार पानीको अन्य परीक्षण रिपोर्ट आइसकेको छैन, तर प्रारम्भि अध्ययनमा सप्लाई च्यानलबाट हैजा संक्रमण फैलिएको देखिएको छ । यद्यपी, पानी परीक्षणको जाँचको रिर्पोट भने आइनसकेको उनको भनाइ छ ।
त्यसपछि स्वास्थ्य मन्त्रालयको अर्को टोली अमृत पोखरेलको नेतृत्वमा वीरगन्ज आइपुगेको छ । उक्त टोलीले पनि हैजा संक्रमणबारे अध्ययन गरिरहेको छ । तर पानी परीक्षण र रोग संक्रमणको स्रोत भने अझै खुलाउन सकेको छैन ।
संघीय सरकारले पठाएको विज्ञ टोलीका विशाल सुवेदीले पानीको परीक्षणको रिपोर्ट आफूहरुसंग नरहेको बताए । संघीय मन्त्रालयका विज्ञ टोलीका संयोजक सुवेदीले पानीको परीक्षण नै आफूहरुले नगरेको जनाए । उनले भने, ‘हामीले समुदायको परिचालन र उपचारको व्यवस्थापनको पाटोमा मात्रै काम ग¥यौं, पानी परीक्षणको काम भने खानेपानी विभागको टोलीले ग¥यो । त्यो रिपोर्ट हामीलाई थाहा छैन ।’
यता प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय र निर्देशनालयबाट अध्ययन गर्न बेग्लाबेग्ला टोली खटेको थियो । स्वास्थ्य निर्देशनालयका सरोजकुमार न्यौपानको नेतृत्वमा खटिएको टोलीले खासगरी औषधीको व्यवस्थापन र जनशक्ति उपलब्ध गराएको थियो ।
मन्त्रालयका जनस्वास्थ्य अधिकृत ठाकुरले भने, ‘त्यसपछि दिशाको स्याम्पल परीक्षण भयो, जसबाट कोलेरा पुष्टि भयो । अनि हामीले पानी परीक्षणका लागि खानेपानी मन्त्रालयलाई सिफारिस गरिसकेका छौं । तर आफैले भने परीक्षण गर्न सकेका छैनौ, किनभने हाम्रो त्यो परीक्षणको काम होइन ।’ यसरी दुबै टोलीले पन्छिने जवाफ दिएको छ ।
७२ घन्टामा सार्वजनिक हुने क्लचर रिर्पोट ३१२ घन्टामा पनि गरिएन
महानगरमा हैजा देखापरेको ३१२ घन्टा भयो । अर्थात आज १३ दिन भयो । तर अहिलेसम्म हैजा कहाँबाट फैलियो त्यो स्रोत कसैले खुलाउन सकेको छैन । चिकित्सकहरुका अनुसार कुनै कल्चर जाँच गर्दा लाग्ने समय ७२ घन्टा हो ।
वीरगन्जका चिकित्सक निरज सिंहका अनुसार पानीको कुनै पनि जीवाणु ९कल्चर० जाँच लाग्ने समय ७२ घन्टा हो । ‘त्यसपछि त्यसको रिपोर्ट तयार आइसक्छ,’ उनले भने । तर यहाँको पानीको परीक्षण रिपोर्ट अहिलेसम्म किन आइनपुगेको भन्दै उनी आफै चकित भएको बताउँछन् ।
उनले भने, ‘हामी त चिकित्सक हौं, विरामीहरुको जाँच गर्छै । तर यो रिपोर्ट किन आएन त्यो बुझन सकिएको छैन, मन्त्रालय त अहिलेसम्म सार्वजनिक गरिदिनु पर्ने हो ।’
अझै कारण खोजिदैँछ : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले अझैसम्म हैजा संक्रमणको कारण पत्ता लगाउन सकेका छैनन् । ७२ घन्टाभित्रै पानी परीक्षण रिपोर्ट आउने परिणाम स्वास्थ्य मन्त्रालयले भने २८८ घन्टा बितिसक्दा पनि फेला पार्न नसकिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए