ट्रेन्डिङ

धार्मिक सद्भाव कायम राख्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : गृहमन्त्री लेखक

वीरगन्ज । गृहमन्त्री रमेश लेखकले नेपालको बहुजातीय, बहुभाषिक र बहुधार्मिक समाजमा सद्भाव कायम राख्न सञ्चारमाध्यमको भूमिका निकै महत्वपूर्ण हुने बताएका छन्।

वीरगन्जमा प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले समाजमा कहिलेकाहीँ धार्मिक द्वन्द्व फैलाउने प्रयास हुने गरेको भन्दै त्यसलाई घटाउन सञ्चारकर्मीहरूले पहल गर्नुपर्नेमा जोड दिएका छन्।

गृहमन्त्री लेखकले नेपाली समाजको विविधतालाई हाम्रो शक्ति भएको बताए। उनले सबै समुदाय, धर्म र भाषाका मानिसहरू मिलेर बस्नुपर्ने आवश्यकता औँल्याउँदै यसका लागि सचेतना र सकारात्मक सन्देश प्रवाह गर्न सञ्चारजगतलाई आग्रह गरे। ूयदाकदा धार्मिक द्वन्द्व फैलाउने काम भइरहन्छ, यसमा सञ्चारजगतले द्वन्द्वलाई घटाउने काम गरिदिनुपर्छ,ू उनले भने।

गृहमन्त्री लेखकले धार्मिक सद्भावसँगै मुलुकमा हुने अवैध कारोबारलाई रोक्नुपर्नेमा पनि जोड दिए। उनले अवैध व्यापार नियन्त्रण गर्न प्रहरी र भन्सार प्रशासनले समन्वयमा काम गर्नुपर्ने बताए।

यसका साथै, गृहमन्त्री लेखकले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै भूमि भएको स्पष्ट पारे। उनले यस विषयमा प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा जनाएको आपत्ति सही रहेको र यसले भारतसँगको सम्बन्धमा कुनै असर नपर्ने बताए। उनले संविधान संशोधनको विषयमा पनि नेपाली कांग्रेस र नेकपा एमाले स्पष्ट रहेको र राष्ट्रिय सहमतिको वातावरण बनाएर अघि बढ्ने बताए।

कार्यक्रममा वीरगन्जमा फैलिएको हैजाबारे बोल्दै गृहमन्त्रीले हैजा नियन्त्रणका लागि सरकारले औषधी, थप जनशक्तिसहित सबै आवश्यक सहयोग गर्न तयार रहेको बताए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै