ट्रेन्डिङ

हैजा संक्रमित विरामीहरुसंग गृहमन्त्री लेखकले आज बिहानै गरे भेटघाट

वीरगन्ज । गृहमन्त्री रमेश लेखकले पर्सा जिल्लामा फैलिएको हैजा महामारीको चपेटामा परेको विरामीहरुसंग आज भेटघाट गरेका छन ।

हिजो वीरगन्ज पुगे लगत्तै नारायणी अस्पतालको निरीक्षण गरेका गृहमन्त्री लेखकले आज विहान भने निजी अस्पतालमा पुगेका हुन ।

जिल्लाको वीरगन्ज हेल्थ केयर र तराईं अस्पतालमा उपचाररत रहेका झाडापखाला तथा हैजा संक्रमित विरामीहरुसंग उनी भेटघाट गरेका हुन ।

त्यसक्रममा उनी विरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन ।

विरामीहरुसंग भेटघाट गर्दै गृहमन्त्री लेखकले सरकारले सबै सहयोग गरेर हैजा नियन्त्रणमा ल्याउने ढाडस दिएका थिए ।

गृहमन्त्री लेखकले यी दुबै अस्पतालका इमरजेन्सी वार्ड, आइसियु र जेनरल वार्डमा उपचाररत झाडापखाला तथा हैजा संक्रमित विरामीहरुसंग कुराकानी गरेका थिए ।

गृहमन्त्रीसंगै विरामीहरुसंगको भेटघाटमा कानुन मन्त्री अजयकुमार चौरसियासहितका सहभागिता थियो ।

पर्सा जिल्ला आज १० औं दिनमा गरी १५९ जनामा हैजा पुष्टि भइसकेको जन स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

जसमध्ये ११२ जना भने निको भएर घर फर्किसकेको जन स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले बताए ।

उनका अनुसार अहिले वीरगन्जको विभिन्न अस्पतालमा गरी कुल ४७ जना मात्रै हैजा पुष्टि भइसकेको विरामीहरु उपचाररत रहेका छन ।

 

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै