ट्रेन्डिङ

प्रधानमन्त्री ओली भोली चीन जाँदै

वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसद्लाई आफ्नो आसन्न चीन भ्रमणबारे जानकारी गराएका छन् ।

चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली शनिबारदेखि ५ दिने चीन भ्रमणमा जाँदै छन् ।

यो भ्रमणको मुख्य उद्देश्य चीनको थियानजिन शहरमा हुने शाङ्घाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्नु हो। नेपाल सन् २०१६ देखि यस संगठनको ‘संवाद साझेदार’ सदस्य रहँदै आएको छ। प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा यस सहभागिताले नेपालको अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठा बढाउने विश्वास व्यक्त गरे ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान चङ्गसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यसका अतिरिक्त, उनले एससीओ शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहम्मद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री हुन महानेट लगायतका विभिन्न राष्ट्र तथा सरकार प्रमुखहरूसँग पनि द्विपक्षीय भेटघाट गर्ने कार्यतालिका रहेको छ।

भ्रमणको अन्तिम दिन प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डल बेइजिङमा आयोजना हुने ‘फासिवाद विरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण विरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव’ समारोहमा सहभागी हुनेछ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा लगायत उच्चपदस्थ अधिकारीहरू सहभागी हुनेछन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै