ट्रेन्डिङ

वीरगन्ज महानगरका सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले फैलिएको हैजाको संक्रमणलाई मध्यनजर गर्दै भदौ ११ देखि १३ गतेसम्म सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरूको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। नगर प्रमुखस्तरीय बैठकको निर्णयअनुसार यो कदम चालिएको हो।

वीरगंज महानगरपालिकाको शिक्षा प्रशासन महाशाखाले जारी गरेको सूचनाअनुसार, विद्यालय बन्द गरिएको अवधिमा शिक्षक तथा कर्मचारीहरूलाई भने अनिवार्य रूपमा परिचालन गरिनेछ। उनीहरूले आफ्नो विद्यालयको सेवा क्षेत्रभित्र हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यहरू सञ्चालन गर्नुपर्नेछ। यसका लागि आवश्यक पोष्टर, पम्प्लेट र अन्य सामग्रीहरू शैक्षिक प्रशासन महाशाखाबाट प्राप्त गर्न सकिनेछ।

यो निर्णयले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको देखिन्छ। यसअघि पनि यस क्षेत्रमा हैजाको संक्रमण फैलिएको रिपोर्ट आएको थियो, जसलाई नियन्त्रण गर्न स्थानीय सरकारले सक्रियता देखाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै