ट्रेन्डिङ

एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि

वीरगन्ज । नेपालको चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ गतेसम्म (नोभेम्बर १७ देखि डिसेम्बर १३) आयोजना हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत यो जानकारी सार्वजनिक गरेको छ।

पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करणलाई लिएर क्रिकेटप्रेमीहरूमा उत्साह बढेको छ। एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो।

दोस्रो संस्करणका लागि केही समयअघि नै मिनी अक्सन (खेलाडी किनबेच) सम्पन्न भइसकेको छ। अक्सनबाट टोलीहरूले आफ्नो स्क्वाडलाई आवश्यकताअनुसार बलियो बनाएका छन्। अब टोलीहरूले विदेशी खेलाडीहरूलाई आफ्नो टिममा अनुबन्ध गर्ने प्रक्रियालाई तीव्रता दिएका छन्। यसले लिगको प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।

यसपटक विदेशी खेलाडीहरूको सहभागिताले लिगको स्तर अझ माथि उठ्ने र युवा खेलाडीहरूले पनि अन्तर्राष्ट्रिय स्तरको अनुभव बटुल्ने अवसर पाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै